दफा
ढल निकास सेवाको अनुमतिपत्र
(१) ढल निकास सेवाको छुट्दै अनुमतिपत्र लिन चाहने सङ्गठित संस्थाले अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको दस्तुर सहित मन्त्रालयले तोकेको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका विवरण तथा कागजात पेस गर्नु पर्नेछ:-

(क) ढल निकास सेवा क्षेत्र, सो व्यवस्थापन गर्न आवश्यक पर्ने वित्तीय स्रोत, जनशक्ति, निकास प्रणाली तथा ढुवानी साधन र कार्य अनुभवको विवरण,

(ख) आवश्यक जग्गाको विवरण,

(ग) ढल व्यवस्थापन गर्ने विधि र तरिका,

(घ) सेवा प्रदान गर्ने आवश्यक समय अवधि,

(ङ) वातावरणमा पर्न सक्ने प्रभाव न्यूनीकरणका _उपाय,

(च) सेवा प्रदायकले वहन गर्नु पर्ने दायित्व,

(छ) प्रस्तावित महसुल वा शुल्क।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा निवेदकलाई अनुमति दिन उपयुक्त देखिएमा मन्त्रालयले तोकेको अधिकारीले ऐनको दफा ११ को उपदफा (१) बमोजिमको अवधिभित्र आवश्यक शर्त उल्लेख /गरी अनुसूची-३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।